Alert icon
We're changing our privacy policy. This stuff matters.  Learn more  Dismiss

Teej Celebration 2009 in Israel Part 1

Loading...

Sign in or sign up now!
1,951
Loading...
Alert icon
Sign in or sign up now!
Alert icon

Uploaded by on Aug 24, 2009

अर्जुन जयसवाल -इजरायलमा महिला कामदारहरुको संख्या निकै रहेको कारनले पनि होला यहा अन्य पर्वहरु भन्दा बढ़ी हरितालिका तीजकोलागी वर्त बसनेहरुको सख्या पनि धेरै हुन्छ | विवाहित नारीहरु अफना श्रीमानको सुस्वास्थ्य र सुखद दाम्पत्य जीवनको लागी र अविवाहित कन्याहरु असल र सुयोग्य वरका निम्ति यो व्रत बसने धारणा जन साधारणमा रहेको पाइन्छ | इजरायलको तेलअवीवको बसपार्क नजिकै रहेको पार्क सधै झै यस पाली पनि तीजमा नेपालीहरुले भरिएको थियो | प्राय रातो साडीमै साजिए पनि रंग बिरंगका साडी र कुर्ता सुरवालको पहिरनमा, मादलको धिन्तांग धिन्तांगको आवाजमा गीत गाउने र नाचने वातावरणले कता कता तीजमा पशुपति वरीपरीको संझना दिलाऊथ्यो |

सोही अवसरमा नेपाली कृषि कामदार सहयोगी समितिले पनि जमर्को गरेर यस पाली दरभोजको आयोजना गरेको थियो | नेपाली कृषि कामदार सहयोगी समितिका अध्यक्ष खोजराज कटुवालको अनुसार कृषिमै कार्यरत नेपाली दाजूभाईहरुले उत्पादन गरेका तरकारी, फलफूल र गाई फार्ममा काम गर्नेले दूध आदि बाट दरभोजको लागी कृषिका दाजूभाईहरुले नै पकाएर, इजरायलमा कार्यरत लगभग १७०० दीदी बहिनीहरुलाई दरभोज खुवाए | श्रम मंत्री मोअम्मद आफताब आलमले खीर, अचार, तरकारी पसकेर दरभोजको उद्घाटन गर्नु भएको थियो |

इजरायलमा नेपाली कामदार आउन बन्द भएको र बिशेष गरी कृषिमा नेपाली कामदारहरुको संख्या न्यून रहेको र त्यों पनि अब समयअबधी सकिएर नेपाल फर्कने क्रममा रहेकाले केही महिना पश्चात इजरायलमा मात्र नेपाली कामदारको नाममा सुसारेमा कार्यरत कामदारहरु मात्र बांकी रहनेछन | श्रम मंत्रीको इजरायलमा आगमनले सबैमा अब नेपाल खुल्ने आशा पलायेता पनि कहिले खुलने र नेपालीहरुको फसेको पैसाको कामदारहरु इजरायल काम गर्न आएर आफ्नो ऋण कहिले तिर्ने भन्ने कुराको ठोकुवा न त श्रम मंत्रालय , प्रराष्ट्रमंत्रालय वा इजरायल स्थित नेपाली दुताबसले नै गर्न सकेको छ |

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, इजरायलको पहिलो वार्षिक साधारण सभामा श्रम मंत्री मोहम्मद आफताब आलमले फर्केका कृषि कामदारहरुका निम्ति उनिहरुको शिप र ज्ञान अनुसार कृषि क्षेत्रमा केही गर्ने अस्वाशन दिएता पनि नेपाल सरकारले यसलाई कतिको महत्व दिन्छ त्यों त समयले बताउनेकुराहो|

Category:

News & Politics

Tags:

License:

Standard YouTube License

  • likes, 0 dislikes

Link to this comment:

Share to:

All Comments (0)

Sign In or Sign Up now to post a comment!
Loading...

0 / 00Unsaved Playlist Return to active list
    1. Your queue is empty. Add videos to your queue using this button:
      or sign in to load a different list.
    Loading...Loading...Saving...
    • Clear all videos from this list
    • Learn more