घरेलु तथा लघु उद्यमी व्यवसायीहरुका सामग्रीको बिक्रि प्रर्वधन गर्ने, बस्तुको गुणस्तरमा सुधार ल्याउने र उत्पादित बस्तुको प्रचार प्रसार गर्ने उद्धेश्यका साथ आजबाट राजधानीमा उन्नाइसौं औद्योगिक प्रर्दशनी तथा राष्ट्रिय उत्कृष्ट घरेलु उद्यमी पुरस्कार कार्यकक्र सुरु भएको छ । राजधानीको भृकुटि मण्डपमा आयोजित प्रर्दशनी जेष्ठ २७ गतेसम्म संचालन हुनेछ । प्रर्दशनमा पश्मिना तथा उनी, ढाका कपडा, वांस छाला, कागज, काठ, धातु लगायत विविध १३ समूहका समाग्रीहरु राखिएका छन् । त्यस्तै प्रर्दशनी तथा उद्यमी पुरस्कार कार्यक्रममा ६५ जिल्लाका जम्मा १ सय ५६ उद्यमीहरु सहभागी भएका छन् । उत्पादीत बस्तुको प्रचार गर्ने भएकाले प्रर्दशनी महत्वपूर्ण भएको उद्यमीहरुको भनाई छ । प्रतियोगितामा सहभागी मध्ये विभिन्न समूहका उत्कृष्ट प्रतियोगिलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम आयोजक घरेलु तथा साना उद्योग बिकास समितिले तय गरेको छ ।
समितिले प्रर्दशनीमा सहभागीहरुलाई निशुल्क स्टल यातायात खर्च आदि समेत व्यवस्था गरेको छ ।
Link to this comment:
All Comments (0)