बिबिध साहित्यिक गतिविधिहरुका बीच अन्तरास्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्याप्टरले महाकबि लक्ष्मी प्रसाद देवकोटाको १०२औ जन्मजयन्ती मनायो|कार्यक्रममा कविता प्रतियोगिता लगायत न्यु योर्क च्याप्टरको नया कार्य समीतीलाई पदभार हस्तान्तरण गरिएको थियो|बालबालिका तर्फ प्रज्ञा सापकोटाको कविता तेस्रो,अनिता किराती राईको कविता दोस्रो र अनुपम सापकोटा को कविता प्रथम भएको थियो भने रायन श्रेष्ठ ,र रोशन शर्माले सान्त्वना पुरस्कार प्राप्त गर्नु भयो| त्यसै गरि बयस्क समुहमा देबेन्द्र लिम्बुको कविता तेस्रो, अरुण छेत्री अनुरागिको कविता दोस्रो र तिर्थ राज बरालको कविता प्रथम भएको थियो| कार्यक्रममा न्यु योर्क समुदायका अन्य दर्जनौ सर्जकहरुले आफ्नो सृजना सुनाउनु भएको थियो|
भिडियो :हिमाली स्वरहरु अनलाइन रेडियो लागी सहदेव
--
Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
Link to this comment:
All Comments (0)