भो नरो सेते रोकिदे अब आशुका धारालाई
रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई
भो नरो सेते रोकिदे अब आशुका धारालाई
रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई
जिउदै हाम्लाई मारेर चेली बिधवा बनाउने
लाठी र मुङ्रा गरेर घरबार उजाड बनाउने
इ जाली झेली इ भ्रस्ट्राचारी इ शाहु महाजन
बालेर रान्को खोज्न जाउं अब इ दुस्मन कहां छन
भो नरो सेते रोकिदे अब आशुका धारालाई
रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई
एकलाई पारी जहान लाई घरमा हेप्ने कुट्ने
इ राछेस डाँका निर्धा दुखिको हाद मासु घोतने
हात खुट्टा भाची फोकैमा हाम्लाई जेलमा कोचार्ने
यि बर्ग दुस्मन सिध्ह्यौनु बाहेक केही छैन सोच्ने
भो नरो सेते रोकिदे अब आशुका धारालाई
रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई
के छ र हाम्रो गएमा यही ज्यान जाने छ
नउठे अझै सन्तानदेपछी झन दु:ख पाउने छ
गरीब मर्दा धनीले कहिले दिदैन गुहार
गरीब मिली फेर्नु छ सारा संसारको मुहार
भो नरो सेते रोकिदे अब आशुका धारालाई
रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई
लौ गाउले सारा सब सर्बहारा एक भई उठौं लौ
दुस्मन को किल्ला ढाल्नलाई अब सङ्राम जुटौं लौ
हुने छ हाम्रो सत्यको जीत ढल्नेछ सत्तासिन
आउने छ पक्कै समान्ताको रमाइलो तित्रे दिन
भो नरो सेते रोकिदे अब आशुका धारालाई
रोएर हुन्न ब्य्झौनुपर्छ सुतेका सारालाई
खबर्दार ए संसारभरिका लुटेराहरु हो
गरीब लाई चुस्ने निर्धा लाई लुछ्ने हत्याराहरु हो
हत्याले हाम्रो सचेत युद्ध छेकउला नभन
जेल र नेल हत्कडी लगाइ रोकौला नभन
लडाईं हाम्रो रोकिन्न अब अनन्त चल्नेछ
लुट्पाटको भरमा टिकेको शासन अबस्य ढल्ने छ
हारेमा हाम्रो केही छैन साथ्मा हत्कडी गुम्मे छ
जितेमा गरीबको अब संसारै हुने छ
हारेमा हाम्रो केही छैन साथ्मा हत्कडी गुम्मे छ
जितेमा गरीबको अब संसारै हुने छ
जितेमा गरीबको अब संसारै हुने छ
जितेमा गरीबको अब संसारै हुने छ
yesari janata ladai garchhan neta le desko behal banauchhan
tentseshrestha 1 year ago