About khiljee143's channel
Created by
khiljee143
Latest Activity
Oct 6, 2007
Date Joined
Oct 6, 2007
About this user
!!!"**""प्रभुले सिकाउनुभएको प्रार्थना""**"!!!
हे हाम्रा पिता, जो स्वर्गमा बस्नुहुन्छ्. तपाईको नाउ पबित्र होस् .
तपाईको राज्य आओस्.तपाईको इच्छा स्वर्गमा जस्तो छ.
त्यस्तै यस पृथ्वीमा पुरा होस्.
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्.हाम्रो अपरध क्षमा गर्नुहोस्.
जसरी हामीले पनि आफ्ना अपराधीहरुलाई क्षमा गरेकाछौ.
हामीलाई परीक्षामापर्न नदिनुहोस्.
तर दुष्टबाट छुटाउनुहोस्.किनभने राज्य, पराक्रमा र महिमा सदासर्वदा तपाईकै हुन्.
!!!!!!!!!!(आमिन)!!!!!!!!!!!!
परमेश्वरको वचनलाई प्रार्थनामा बोली-पठाउँदा, बोलिएको वचनले हाम्रो जीवनमा धेरै ठूलो परिवर्तन ल्याउँदछ। दु:ख र विलापले भरिएको प्रार्थनाभन्दा उहाँको वचनमाथिको विश्वासले भरिएको प्रार्थनालाई परमेश्वर सुन्न चाहनुहुन्छ। प्रार्थना भन्नु नै परमेश्वरले गर्नुभएका प्रतिज्ञामा विश्वास गरी त्यसलाई मुखबाट स्वीकार गर्नु हो। दु:ख र विलापका प्रार्थना गर्ने बानी बसिसकेको व्यक्तिलाई सुरुमा यस्तो गर्न अनौठो लागे तापनि धन्दा मान्नुपर्दैन। अभ्यास गर्दै जानुभयो भने एक दिन परमेश्वरको वचनको शक्तिलाई देखेर तपाईँ आफै छक्छ पर्नुहुनेछ, कारण जब तपाईँ परमेश्वरको वचनलाई आफ्नो मुखबाट निरन्तर स्वीकार गरी नै रहुनुहुन्छ भने यो कार्यले जीवनका समस्याहरूलाई मात्र नभएर तपाईँको जीवनलाई नै परिवर्तन गरिदिनेछ। हितोपदेश १८:२०ले भन्छ "जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ।" बोलिएको वचनमा शक्ति छ। परमेश्वरले वचनबाट नै सारा सृष्टि गर्नुभयो। शैतानले वचनबाट नै मानिसलाई पापमा फसायो। परमेश्वरले वचनबाट नै मानिससँग करार बाँध्नुभयो र आज मानिस आफ्नो वचनबाटै मुक्ति प्राप्त गर्नसक्छ। वचनबाटै ख्रीष्टिय विवाह हुन्छ र वचनबाटै सम्पूर्ण सामाजिक कार्यहरू सञ्चालन गरिएका हुन्छन्। वचनबाटै राष्ट्रपतिहरू, प्रधान मन्त्रीहरू, मन्त्रीहरू र न्यायाधीशहरू आफ्नो पदका लागि शपथ लिन्छन्।
ख्रीष्टियान जीवनमा वचनको धेरै महत्त्व छ। जब हामी येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्छौँ तब मुक्ति पाउँछौँ। तर अधिकांश विश्वासीहरू त्यतिमा मात्रै सीमित भैदिन्छन् र परमेश्वरले दिनुभएका धेरै आशिष्-बाट बन्चित हुन जान्छन्। पुरानो जीवनको स्वभाव, बानी या आचरणलाई उनीहरू बदल्न चाहन्छन् तर सधैँ असफल भएको उदाहरण हाम्रा बीचमा थुप्रै छन्। नयाँ स्वभावअनुसार साँच्चै चल्न चाहन्छन् तर आफ्नै प्रयासमा भर परेको हुँदा असफल हुन्छन् र निराशा भएर पछि प्रयासै गर्न छोड्छन्। कतिपय ख्रीष्टियानहरूले यस्तो अनुभवको आधारमा आफ्नो सान्त्वनाको लागि यो पनि भन्छन् कि येशूमा विश्वास गर्ने र नगर्ने मानिसमा खासै फरक छैन; केवल येशूमा विश्वास गर्ने स्वर्ग जानेछ र नगर्नेचाहिँ नरक जानेछ तर यो संसारमा रहुन्जेल सबै मानिसहरूले पाप, दु:ख, गरिवी र मृत्युसँग सङ्घर्ष गरी नै रहनुपर्नेछ, यी कुराहरूबाट हामी छुटकारा हुन सक्दैनौ। यस्तो मतमा विश्वास गर्ने विश्वासीले साँच्चै यो संसारमा एउटा विजयी ख्रीष्टियान जीवन बिताउन सक्दैन। योचाहिँ हार स्वीकार गरेको जीवन हो, परमेश्वरको वचनको आधारमा जीइएको जीवन होइन। जसरी परमेश्वरको वचनमा विश्वास गरेर हामीले मुक्ति पायौँ, त्यसै गरी ख्रीष्टियान जीवनको बारेमा उहाँले बोल्नुभएका वचनमा हामी विश्वास गर्दछौँ भने ती वचनले हाम्रो जीवनलाई पक्कै परिवर्तन गर्नेछन्। त्यसकारण यो जीवनमा हामी विजयी जीवन बिताउन चाहन्छौँ भने पहिला हाम्रो हृदयमा परमेश्वरको वचन रोप्नु परेको छ कारण जे हाम्रो हृदयमा छ, हाम्रो मुखले त्यही कुरा बोल्दछ। जस्तो हामी बोल्छौँ, त्यस्तै हाम्रो आदत बस्छ। जस्तो हाम्रो आदत छ, त्यस्तै हाम्रो बानी बस्न जान्छ। जस्तो हाम्रो बानी छ, त्यस्तै हाम्रो ब्यवहार बन्दछ। जस्तो हाम्रो ब्यवहार छ, त्यस्तै हाम्रो चरित्र बन्दछ। जस्तो हाम्रो चरित्र छ, त्यस्तै हाम्रो जीवनको अवस्था हुँदछ। आज तपाईँको जीवनको अवस्था कस्तो छ? के तपाईँसँग विजयी ख्रीष्टियान जीवन छ? के तपाईँ आफ्नो जीवनको अवस्थासँग सन्तुष्ट हुनुहुन्छ? यदि सन्तुष्ट हुनुहुन्न र विजयी जीवन चाहनुहुन्छ भने पहिला आफ्नो चरित्रलाई परिवर्तन गर्नुहोस्। चरित्र परिवर्तन गर्न आफ्नो ब्यवहार परिवर्तन गर्नुहोस्। ब्यवहार परिवर्तन गर्न पहिला बानी परिवर्तन गर्नुहोस्। बानी परिवर्तन गर्न पहिला आफ्नो आदत परिवर्तन गर्नुहोस्। आदत परिवर्तन गर्न आफ्नो वचन या बोली परिवर्तन गर्नुहोस् र वचन या बोली परिवर्तन गर्न हृदयमा परमेश्वरको वचन रोप्नुहोस्।
येशू प्रभुले उहाँको वचनलाई बीउसँग दाँज्नु भएको छ। बीउलाई रोपिनु पर्छ कारण नरोपिएको बीउ निष्क्रिय हुन्छ। जब हामी परमेश्वरको वचनलाई हृदयमा रोप्छौँ, तब यो उम्रिन्छ र जीवनमा धेरै फल फलाउँछ। हाम्रो हृदयमा परमेश्वरको वचन भए-नभएको कुरा जान्न हाम्रा वचनलाई हामीले ध्यान दिनुपर्छ, हाम्रा प्रार्थनालाई पनि ध्यान दिनुपर्छ। परमेश्वरलाई विलाप र विलौनाभन्दा उहाँका प्रतिज्ञामा विश्वास गर्ने प्रार्थना मनपर्छ। हाम्रा प्रार्थनामा परमेश्वरका प्रतिज्ञाहरूको स्वीकार तथा घोषणा हुनुपर्दछ।
परमेश्वरका प्रतिज्ञाहरूलाई प्रार्थनामा घोषणा गर्नुभन्दा पहिले ख्रीष्ट येशूमा हामीलाई परमेश्वरले दिनुभएका कुराहरूलाई जान्नु आवश्यक छ। ख्रीष्टलाई विश्वास गर्ने व्यक्तिको जीवनमा परमेश्वरका प्रतिज्ञाहरूप्रतिको अज्ञानता अविश्वासको पाप सरह नै हुनजान्छ। अज्ञानताले मानिसलाई हार, धोका, र विनाशमा पुर्याउँछ। त्यसकारण एउटा ख्रीष्टियानले आफ्नो बारेमा परमेश्वरको वचनले बोलेका सत्यताहरू जान्नु पर्दछ र ती सत्यताहरूलाई विश्वास गर्नुका साथसाथै दैनिक रूपामा मुखबाट स्वीकार गर्नुपर्दछ। यसरी हामीले आफ्नो वचनलाई परिवर्तन गर्न सकेको खण्डमा हाम्रो जीवनको अवस्थामा पनि परिवर्तन ल्याउन सक्नेछौँ। त्यसकारण परमेश्वरको वचन हाम्रो बोली र प्रार्थना होस्।
Hometown
NEPAL
Country
Nepal